पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा पोखराका चार संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत चार संक्रमितको हिजो राति र आज विहान निधन भएको छ । मृत्यु हुने चारै जना पोखरा महानगरपालिकाका हुन् ।

पोखरा–९ का ६८ वर्षीय पुरुषको हिजो राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी वडा नं २१ का ७५ वर्षीय पुरुषको हिजो राति ११ः२० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पोखरा वडा नं १७ का २९ वर्षीय पुरुषको आज विहान १२ः३० बजे तथा वडा नं १३ का ५५ वर्षीय पुरुषको ४ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Comments
Loading...