गण्डकी प्रदेशमा शुक्रबार आठ संक्रमितको मृत्यु, पोखराका छ जना

हिमाली आवाज । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आज आठ जनाको निधन भएको छ । मृत्यु हनेमा पोखरा महानगरपालिकाका मात्रै छ जना छन्। बाँकी दुई जना तनहुुँका हुन् ।

कास्कीको पोखरा महानगरपालिका, वडा नं ८ का ५४ वर्षीय, वडा नं ९ का ६८ वर्षीय, वडा नं १३ का ५५ वर्षीय, वडा नं १७ का २९ वर्षीय, वडा नं २१ का ७५ वर्षीय र वडा नं २७ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी तनहुँको भिमाद नगरपालिका वडा नं ५ का ६६ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।

प्रदेशमा कोराना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १३९ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ८२७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयाृे । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Comments
Loading...