आजको मौसम : सामान्य बदलीको सम्भावना

हिमाली आवाज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा सामान्य बदलीको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Comments
Loading...