गण्डकीका कृषिमन्त्री थापा एक महिनापछि कोरोना संक्रमणमुक्त

हिमाली आवाज । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

मन्त्री थापा सहित उहाँका परिवारका चारै सदस्यले आज कोरोना जित्नु भएको हो । मन्त्री थापा, उहाँका धर्मपत्नी शोभा, छोरा सञ्जोग र छोरी सञ्जीता एक महिना अघि कोरोना संक्रमित हुनुभएको थियो ।

मन्त्री थापाले कोरोना संक्रमणमुक्त भएकाले अब केही दिनमा नियमित काममा फर्किने हिमाली आवाजलाई जानकारी दिनुभयो ।
उहाँले कोरोनालाई सामान्य रुपमा नलिन र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गर्नुभएको छ ।

“संक्रमणभएपछि आत्तिनु भएन । मनोवल उच्च राख्दै तनावरहित भएर पोषणयुक्त खानेकुुरा र बढी तातो पानी पिउँदा कोरोनाबाट निको हुन सकिन्छ ।” उहाँले भन्नुभयो ।

एक महिना आइशोलेशनमा बस्दा तातोपानी सहित सुप र पोषणयुक्त खानेकुरा, मरिज, बेसार, अदुवाको बढी प्रयोग गरेको मन्त्री थापाले बताउनुभयो ।

Comments
Loading...