स्वास्थ्य चौकी र विद्यालयलाई नेलम्बोबाट स्वास्थ्य सामग्री सहयोग

हिमाली आवाज । नेलम्बो नेपालले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी अन्नपूर्ण गाउँपालिका–१ नागडाँडा मा रहेको महेन्द्र आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. २० भलामको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

भलाम स्वास्थ्य चौकीलाई डिस्पोजिवल ग्लोबस, के.एन ९५ माक्स, फेस सिल्ड, थर्मल गन, सेनिटाइजर स्ट्याड,सेनिटाइजर ११ लिटर, स्वडीयम हाइड्रोक्लोराइड, स्प्रे बोतल, हात धुने साबुन, डिउरा सेल ब्याट्री वडा अध्यक्ष सिम बहादुर गुरुङ्गलाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले हस्तान्तरण गर्नु भएको थियो ।

वडाध्यक्ष गुरुङले नेलम्बो नेपालले छोटो समयमा नै समाज रुपान्तरणमा सहयोग गरेको र कोभिड १९ को विषम् परिस्थितिमा स्वास्थ्य सामग्री अभाव रहेको अवस्थामा सामग्री सहयोग गरेकामा आभार व्यक्त गर्नुभयो ।

नेलम्बोका कार्यकारी अध्यक्ष एकदत्त देवकोटाले कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको हुदाँ त्यसको केही हद सम्म रोकथाम तथा नियन्त्रण गर्नका लागि सहयोग गरिएको बताउँदै कोरोनाबाट जोगिनका लागि सबै आ—आफ्नो ठाउँबाट सजग हुनु पर्नेमा जोड दिनुभयो ।

अन्नपूर्णको महेन्द्र आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिल कुमारी अधिकारीलाई डिस्पोजिवल ग्लोबस, के.एन ९५ माक्स, फेस सिल्ड, थर्मल गन, सेनिटाइजर स्ट्याड,सेनिटाइजर ११ लिटर, स्प्रे बोतल, हात धुने साबुन, डिउरा सेल ब्याट्री ) हस्तान्तरण गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले नेलम्बो नेपाल विगत वर्षहरु देखि नै अन्नपूर्ण गाउँपालिकामा सक्रिय रुपमा कार्यहरु गर्दै आईरहेको र यो कोभिडको विषम् परिस्थितिमा विर्सनै नसकिने कार्य गरेको बताउनुभयो ।

महेन्द्र आधारभुत विद्यालयमा रु २९ हजार ३७५ र भलाम स्वास्थ्य चौकीमा रु ४९ हजार ०७० गरी जम्मा रु ७८,४४५ रुपैया वरावरको स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Comments
Loading...