पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा एकको मृत्यु, अर्का एक गम्भीर घाइते

हिमाली आवाज । प्याराग्लाइडिङ दुर्घटनामा परी आज पोखरामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ दिउसो अन्दाजी १ बजेको समयमा अवतरणको क्रममा दुर्घटना हुँदा घाइते हुनुभएका पाइलट पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ बस्ने २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ ।

फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीव एक किमी २०० मिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।

Comments
Loading...