सशस्त्र प्रहरीका इन्सपेक्टर बुढाथोकीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । सोमबार राति कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकीको मृत्यु भएको छ ।

गत असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि बुढाथोकीको भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेकामा उपचारकै क्रममा सोमबार राती सवा ११ बजे मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो ।

तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गर्नुभएकामा हाल उहाँको दरबन्दी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा थियो ।हालसम्म सशस्त्र प्रहरीका तीनजना कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको जनाइएको छ।

Comments
Loading...