चकलेट किन्न गएकी बालिकाको तौलियाले घाँटी थिचेर हत्या

महोत्तरी । बालिकाको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने गौशाला घर भएका २६ वर्षीय अरुण कुमार साह गएराति पक्राउ परेका हुन् ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएको भन्ने खबर ईलाका प्रहरी कार्यालय बर्दिबासमा प्राप्त हुनासाथ खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटना पश्चात अरूणले गौशाला नगरपालिका–५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पु¥याएपछि उनलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।

घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका–१४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।

Comments
Loading...