काँकडभित्ताबाट पोखरा आउँदै गरेका केसी बसभित्रै मृत फेला

हिमाली आवाज । पोखरामा आज विहान बसभित्रै एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सोमबार अन्दाजी १७ः०० बजे भारतबाट आएका जिल्ला बाग्लुङ वतन भएको वर्ष २८को दिवस केसी काँकडभित्ताबाट पोखरा आउने बा.३ ख ९६२१ नं.को बसमा चढी आएकामा विहान ०९ः३० बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित बसपार्कमा आईपुग्दा बस भित्रको गल्ली (हिड्ने बाटो) मा उत्तानो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको मुखबाट रगत बगेकाले घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...