पोखराबाट प्रशारणमा आयो एभरेष्ट एफएम

हिमाली आवाज । पोखरामा आजदेखी ‘एभरेस्ट एफएम’ले प्रशारण शुरु गरेको छ । एभरेस्ट मिडिया हाउसले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याएकामा आजदेखी एफएम शुरु गरेको हो ।

विश्वव्यापी महामारीका कारण दुई दशकदेखि सञ्चारकर्ममा लागेका सञ्चारकर्मीहरुको रोजगारी गुमेपछि पोखराका अनुभवी तथा युवा उद्यमीहरुसँको सहकार्यमा सञ्चालनमा एफएम रेडियो, अनलाईन न्यूज पोर्टल सञ्चालनमा ल्याईसकेको छ भने चाँडै यूटूब च्यानल सञ्चालनमा ल्याउने प्रालिका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

‘सँधै सँगै’ मुख्य नारा बनाएको एभरेस्ट एफएम एक हजार वाट क्षमताको रहेको र ९३ मेगाहर्जमा सुनिने र एफएम आवाज विहिन्हरुको आवाज बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार माध्म आवाज विहिन जनताको आवाज बन्न सक्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि लागि परेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सरकारका गतिविधिलाई जनतासम्म लैजान र कमीकमजोरीहरु सच्चाउनका लागि पत्रकारिताको माध्यमबाट सञ्चार माध्यमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशका सञ्चार माध्यमको सवलीकरणका लागि सरकाले लोककल्याणकारी विज्ञान उपलव्ध गराउने प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोरोना महामारीका कारण विश्वभरका सञ्चार माध्यमहरु अहिले संकटको अवस्थामा रहेको प्रतिकुल समयमा अनुकुलता देखेर एभरेस्ट एफएम अगाडि बढ्नु प्रशंसनीय रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले अनुभवी पत्रकारहरुको समूहले शुरु गरेको एभरेस्ट एफएम चाँडै नै गण्डकीबासी जनतामा लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै दिगो रुपमा मिडिया सञ्चालन ल्याउन ध्यान आग्रह गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीले एफएम पत्रकारिताको क्षेत्रमा उदाहरणीय बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आदिवासी, जनजातिसँगै सिमान्तकृत समुदायको आवाजसमेत एभरेस्ट एफएमले प्रशारण गरेर उनीहरुको हक, हित र अधिकार प्राप्तिमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रालिका अध्यक्ष कर्मकुमारी गुरुङले ट्यून अन गरेर रेडियोको शुभारम्भ गर्नुभएको थियो । एफएम शुभारम्भका अवसरमा पोखराको मानव सेवा आश्रमलाई रु एक लाख ८ हजार ८ ४८ सहयोग गरिएको थियो ।

 

Comments
Loading...