पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु, गण्डकीमा मृतक १४२ पुगे

हिमाली आवाज । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको छ ।

पोखरामा आज थप एक जनाको निधन भएको छ । पोखरा महानगरपालिका–१० का ७६ बर्षीय संक्रमित पुरूषको आज विहान ४ः४० बजे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गत मंसिर ८ गते कोरोना पुष्टि भएपछि उहाँलाई अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार शुरु गरिएको थियो ।

Comments
Loading...