राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल लाई कोरोना संक्रमण देखिएको हो।

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताउनुभयो ।

मंगलबार टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

Comments
Loading...