नेलम्बोद्धारा सार्दीखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

हिमाली आवाज । नेलम्बो नेपालले आज एक छुट्टा छुट्टै कार्यक्रम बीच माछापुच्छ«े गाउँपालिका–२ मा अवस्थित सार्दीखोलामा स्वास्थ्य चौकी र पोखरा महानगरपालिका –१८ सराङ्गकोट स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।

नेलम्बोले सार्दीखोला स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड र हेड कभर गरी करिब रु ३४ हजार ५०० बराबरको स्वास्थ्य सुरक्षका सामग्रही प्रदान गरेको जनाएको छ ।
सो अवसरमा वडाध्यक्ष गुरुङ्गले नेलम्बो नेपालले विभिन्न ठाउँमा कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको कुरा सञ्चार माध्यमबाट जानकारी पाएको अवस्थामा आज आफ्नै वडामा आएर आफुले सहयोग पाउँदा खुसी व्यक्त गर्नु भयो ।

प्राप्त स्वास्थ्य सामग्रीबाट वडावासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरेले बताउनुभयो ।
नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले आफ्नो नियमित कार्यक्रम शिक्षा, स्वास्थ्य र वतावरण सँगै हरेक विपतिमा सहयोग गर्दै आई रहेको र कोरोना भाईरस कोभिड १९ पनि तिब्र गतिमा फैलिरहेको हुदाँ त्यसबाट केही सजग भई स्वास्थ्य सावधानी अपनाएर सुरक्षित तवरबाट कार्यहरु सञ्चालन गर्न सहयोग पुगोस भन्ने हेतुले यी सामग्रीहरु हस्तान्तरण गरेको कुरा बताउनुभयो ।

पोखरा महानगर पालिका वडा नं. १८ सराङ्गकोटलाई पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड, थर्मल गन, डिउरासेल ब्याट्री लगायतका करिब रु ७४ हजार रुपैयाबराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरुे नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनुभयो । सो सामग्री उहाँले वडा अध्यक्ष रण बहादुर थापालाई हस्तान्तरण गर्नु भएको हो ।

Comments
Loading...