पोखरामा उपचारका क्रममा दुई संक्रमित महिलाको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे उपचारका क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी लमजुङको मध्य नेपाल नगरपालिका–७ का ८७ वर्षीया महिलाको हिजो राति कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

Comments
Loading...