पोखरामा १३ वर्षीया छोरीलाई जर्वजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ

हिमाली आवाज । आफ्नै १३ वर्षीया नावालिग छोरीलाई जर्वजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३९ वर्षीय ती पुरुषले विगत केही बर्ष अगाडीदेखी बहाना बनाई आफ्नै छोरीलाई जर्वजस्ती करणी गर्दै आएको र पछिल्लो समय गत मङ्सिर ६ गते एउटा होटलमा लागि अश्लिल फोटो तथा भिडियो देखाई करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

health

पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएपछि पीडकलाई पक्राउ गरिएको र बालिकलाई हाल एक गैरसरकारी संस्थाको संरक्षणमा राखिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

मङ्सिर ९ गते पक्राउ परेका प्रतिवादी विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणिहरु
Loading...