एकै दिन ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १४ लाख १६ हजार २९२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा विश्वमा पाँच लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ६ करोड ७४ हजार १७४ पुगेको छ ।

Comments
Loading...