पोखरामा दुई कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा–३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी पोखरा–२ का ५९ वर्षीय संक्रमित पुरुषको चरक अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएको छ । गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको जनाइएको छ ।

Comments
Loading...