७१ वर्षीया बृद्धालाई बलात्कारको अभियोगमा पुरुनचौरका गिरी पक्राउ

हिमाली आवाज । प्रहरीले पोखरामा ७१ वर्षीया बृद्धालाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा–१९ पुरुन्चौरका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गत मंसिर ९ गते राति अन्दाजी राती १० बजेको समयमा ७१ वर्षीया एकल बृद्धालाई बलात्कार गरेको अभियोगमा पुरुनचौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आफ्नो घरभित्र सुतिरहेको अवस्थामा जर्वजस्ती घरभित्र प्रवेश गरी बृद्धालाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा गिरीलाई पक्राउ गरी जवर्जस्ती करणी उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी नायब उपरीक्ष सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...