प्रचण्डको प्रश्तावको काउन्टरमा अध्यक्ष ओलीको प्रश्ताव सचिवालय बैठकमा

काठमाडौँ । प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजको सचिवालय बैठकमा यसअघि अर्का अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रश्तावको जवाफी प्रश्ताव पेश गर्नुभएको छ ।प्रचण्डले प्रश्तावमा उठाएका विषयहरुको ५३ बुँदामा अध्यक्ष ओलीले जवाफी प्रश्ताव सचिवालयका सदस्यहरु वितरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले यसअघिको प्रचण्डको प्रश्ताव बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महत्व नदिँदा पनि हुने भएपनि  त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीको प्रश्तावमा कार्यकारी अध्यक्ष प्रचण्डले सरकार गठनदेखीनै असहयोग गर्दै आएको तथा पार्टीका काममा प्रचण्डले कुनै पनि काम नगरेको उल्लेख छ ।

अध्यक्ष ओलीले पेश गरेको प्रश्तावमाथि आगामी मंसिर १६ गतेको सचिवालय बैठकमा छलफल हुने बताइन्छ । अर्को बैठक १६ गते पार्टी कार्यालय धुम्वाराहीमा बस्ने गरी तय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

 

Comments
Loading...