प्रदेश प्रमुख प्यासीलाई कोरोना संक्रमण

हिमाली आवाज । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तिहारमा मनाउन पोखरा घर आउनुभएका अधिकारी काठमाडौँ हुँदै विराटनगर पुगेपछि नमूना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको बताइन्छ ।

शुक्रबार विराटनगरमा स्वाब दिएकामा उहाँको रिपोर्ट पोजिटिभ आएको अधिकारीका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिनुभयो ।

प्रमुख अधिकारीसँगै उहाँका धर्मपत्नीकोे जानुका अधिकारी तथा एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको बताइन्छ ।

Comments
Loading...