काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गर्नुभयो । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गर्नुभयो ।
ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभयो भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।