चीनका रक्षामन्त्री आज नेपाल आउँदै,आजै स्वदेश फर्किने कार्यक्रम

हिमाली आवाज । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही आज नेपाल आउनु हुने भएको छ ।

फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आउन लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।
त्यस्तै उहाँको प्रधान सेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता हुनेछ । उहाँ साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

Comments
Loading...