बागलुङबाट काठमाडौँ उडेको हेलिकप्टरमा चरा ठोकियो,आकस्मिक अवतरण

हिमाली आबाज । गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा अचानक चरा ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

दुर्घटनामा मानविय क्षति नभएको हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार काठमाण्डौं तर्फ गइरहेको हेलिकप्टरमा अचानक चरा ठोकिदा हेलकप्टरको अगाडीको सिसा फुटेको छ भने नुवाकोटको वेलकोटगढी नगरपालिका–६ स्थित दुइपीपल भन्ने ठाउँमा फोर्स ल्याण्ड गरिएको हो ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएको थियो ।हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

 

Comments
Loading...