सांसद भट्टराईद्धारा पूर्वाधार विकासका योजना सार्वजनिक(योजनाको नाम सहित)

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालू वर्षका योजना सार्वजनिक गर्नुभएको छ ।

सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिका अन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रु चार करोड बजेटबाट ३० वटा योजना छनोट गरिएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमानै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रीत गरेर योजना छनोट गरेको बताउनुभयो ।
गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनाहरुलाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताउनुभयो ।

सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण र रिटेनिङ वालमा रु २५ लाख बजेट छुट्टाउनुभएको छ । यसैगरी पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिकामा रु २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।

वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०÷२० लाखका दरले विनियोजन गरिएको छ ।यसैगरी वडा नं ४ को बुढानिलकण्ठ बहुउद्देश्शीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती रु १० लाख गरी रु २० लाख विनियोजन गरिएको छ ।

वडा नं ९ मा महेन्द्र मा वि, नव प्रभात मा वि भौतिक संरचना निर्माण पोखरा ९ मा रु १० लाख,।जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माणमा रु १० लाख, ।शान्तिवन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्राविको भवन स्तरोन्नती रु १० लाख र जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणमा रु १० लाख छ । वडा नं ११ मा तुलसीघाट कृयापुत्री भवन रु १० लाख छ ।

वडा नं १५ मा फूलबारी मार्ग, शिव मन्दिरबाट जाने सडक पोखरा १५ रु १५ लाख र अलकापुर मार्ग स्तरोन्नती रु १५ लाख रहेको छ ।
वडा नं १६ मा गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती रु १० लाख, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र रु १० लाख,शान्तिटोल सुकाले सडक तथा नाला निमार्र्ण रु १० लाख,घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती रु १० लाख छ ।

वडा नं १७ मा नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १० लाख,खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण रु १० लाख तथा आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा रु १५ लाख रहेको छ ।

वडा नं १६ मा हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडक रु १५ लाख, इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नति रु १० लाख र मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा रु १५ लाख रहेको छ ।

यसैगरी वडा नं २१ मा सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार रु लाख,फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा रु १० लाख,बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा रु १० लाख, र भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान रु १५ लाख रहेको छ ।

वडा नं ३३ मा गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन रु १५ लाख,खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन रु २० लाख र हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा रु १० लाख रहेको छ ।

Comments
Loading...