टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा हिजो साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ ख. ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

Comments
Loading...