कास्कीका तीन गाउँपालिका सहित देशका ३९६ पालिकामा आज अस्पताल शिलान्यास हुँदै

हिमाली आवाज । कास्कीमा तीन गाउँपालिका सहित देशका ३९६ पालिकामा आज एकैपटक अस्पताल भवनको शिलान्यास हुने भएको छ ।

पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।
कास्कीको रुपा,अन्नपूर्ण र मादी गाउँपालिका पनि अस्पताल भवनको शिलान्यासको कार्यक्रम तय गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा भने अस्पताल भवनका लागि जमिनको टुँगो नलागिसकेकाले पहिलो चरणमा शिलान्यासको कार्यक्रम छैन ।

सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभयो ।

Comments
Loading...