सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ । सरकारले जनयुद्ध,जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

द्वन्द्वकालीन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेसमा भएको आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको हो ।

विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भई उपचार गराउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

Comments
Loading...