७२ प्रतिशत नेपालीलाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताउनुभएको छ ।

भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

\“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारले निर्णय गर्नेछ, खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ ।” मन्त्री ढकालले भन्नुभयो ।

कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक उहाँले विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेका छन् तर हामीले गरेको सेवा गर्भ गर्न लायक छ भन्नुभयो।

Comments
Loading...