धराने सेकुवा अब पोखराको लेकाली चुलोसँगै

हिमाली आवाज । नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।

धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह चोकमा विगत ५ वर्षदेखी विशुद्ध नेपाली खाना पस्कदै आएको लेकाली चुलो अन्तर्गत नै लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा ल्याइएको संचालक मिन बहादुर गुरुङले जानकारी दिनुभयो ।

कोभिड १९ का कारण थला परेको पोखराको पर्यटन ब्यवशायलाई केही हद सम्म सहज बनाउनका लागि युवा ब्यवशायी गुरुङले धरानको सेकुवाको स्वादलाई पोखरामा पस्कने प्रयास गरेका गर्नुभएको हो ।

पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा एण्ड झिरमा धराने बंगुर, हांस, कुखुरा, खसी, बोका र बट्टाइका स्वादिष्ट सेकुवा र झिर उपलब्ध हुने संचालक गुरुङले बताउनुभयो । झिर हाउसमा पस्किने बंगुरका सेकुवाका परिकार विशुद्ध धरानको मात्र हुने छ ।

गुरुङका अनुसार झिर हाउसमा धराने बंगुरको सेकुवाका परिकारहरु मात्र उपलब्ध हुनेछ । धरानको चर्चित गुरुङ बिबि क्यु एण्ड हट किचनको प्राविधिक र ब्यवस्थापकीय सहयोगमा सञ्चालित झिरमा अत्याधुनिक भट्टीमा पकाएको सेकुवाहरु उपलब्ध हुने उहाँको भनाई छ ।

अन्य ठाउँमा आगोको कोइला लगायतको धुवामा झिर लगायतका सेकुवाका परिकारहरु उपलब्ध गराउदै आइरहेको सन्दर्भमा पोखराको अमरसिंह चोकमा सञ्चालनमा आएको झिर हाउसमा धुवा रहित आधुनिक भट्टीमा पकाउने भएकाले स्वास्थ्यमा कुनै प्रकारको असर नपर्ने झिरका प्राविधिक तथा ब्यवस्थापकीय सहयोगी गुरुङ बिबि क्यु एण्ड हट किचनका सञ्चालक तथा सेफ कन्सल्टेन्ट धन बहादुर गुरुङले बताउनुभयो ।

झिर हाउसको सञ्चालन अवधिभर गुरुङकै हातबाट बनेका परिकारहरु ग्राहकहरुलाई पस्किरहेको समेत सञ्चालक गुरुङले जानकारी दिनुभयो । ७५ लाखको रुपैयाँको लगानीमा सञ्चालनमा आएको झिर हाउसमा १८ जनाले रोजगार पाएका छन ।

Comments
Loading...