सुरक्षाका कारण देखाउँदै नेकपा सचिवालय बैठक बालुवाटारनै सारियो

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ ।

यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय भएकामा सुरक्षाको कारण देखाउँदै बालुवाटरमानै बस्ने भएको जनाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि अध्यक्ष प्रचण्ड लगायतका अन्य पााँच सचिवालय सदस्यका तर्फबाट संयुक्त लिखित जवाफ पेश हुने बताइन्छ ।

Comments
Loading...