एक महिनाभित्र  कक्षा १२  को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

काठमाडौँ । कक्षा १२  को  परीक्षा  दिएका  विद्यार्थीले  अबको ठीक एक महिनाभित्र नतिजा पाउने  भएका  छन्  ।

विद्यार्थीको  शैक्षिक  सत्र  प्रभावित  नहुने  गरी  एक  महिनाभित्र  विद्यार्थीको  हातमा  नतिजा  उपलब्ध  गराइने  भएको  हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा  महिना  दिनभित्र  दिने  गरी  तयारी थालिएको जानकारी दिनुभयो ।

यसबाट  विद्यार्थीलाई  उच्च  शिक्षा  अध्ययनका  लागि  बाटो  खुल्ने  भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित  समन्वयमा  काम  भइरहेको जनाइएको छ । यसैगरी बोर्डले कोरोना सङ्क्रमितलाई परीक्षाको अवसर दिने भएको छ ।यसका लागि सूचना जारी गर्ने तयारी गरिएको छ ।

परीक्षा  बोर्डले  एक  साताभित्र  उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको  छ  ।  कतिपय  विषयको  उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

Comments
Loading...