पोखरा र नवलपरासीमा गरी गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ का कोरोना संक्रमित ४८ वर्षीया महिलाको आज दिउँसो १२ः२० बजे उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी नवलपरासीको कावासोती नगरपालिका–१४ का ७८ वर्षीय पुरुषको हिजो राति मध्यविन्दु अस्पतालमा मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकीमा कारोनाबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ११७ संक्रमित थपिएका छन् ।

Comments
Loading...