माछापुच्छ्रे गाउँपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन निर्माण शुरु

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकाले आधुनिक र सुविधासम्पन्न प्रशासकीय भवन निर्माण शुरु गरेको छ ।

गाउँपालिकाका केन्द्र वडा नं ४ लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु छ करोड ६२ लाख ११ हजार ९०६ लागतमा गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको थालनी गरिएको हो ।

साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मत सम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा अहिलेको भवन साँघुरो हुँदा सेवाप्रवाहमा समस्या छ । भवन निर्माणका लागि स्थानीयवासीले जमिन उपलव्ध गराएका थिए ।

विसं २०७८ फागुन १६ सम्ममा सम्पन्न गर्ने गरी भवन निर्माणका लागि नयाँ बाटो÷जिएस इन्जिीनियरिङ जेभीसँग गत भदौ १५ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारको रु ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी रकम गाउँपालिकाले लगानी गर्नेछ ।

विद्युतिय भ¥याङ(लिफ्ट) सहित तीन तलाको भवनमा ३९ कोठा रहनेछन् । यसैगरी माथिल्लो तलामा २०० जना क्षमताको सभाहल बन्ने गाउँपालिकाका सवइन्जिीनियर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

भवनको तल्लो तलामा हाल टाइपिङ र पिल्लर उठाउने काम सकिएको छ । यसैगरी प्रशासकीय भवनको चारैतिर पर्खाल लगाउने काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले साँघुरो भवनबाट सेवा दिँदा अप्ठ्यारो भएकामा सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“हालको भवनमा पर्याप्त ठाउँ नहुँदा कार्यालय व्यवस्थापन राम्रोसँग कुर्सी टेवल समेत राख्न सकिने अवस्था छैन । निर्धारित समयभित्रमानै सुविधासम्पन्न भवन बनाएर पालिकावासीलाई सहज सेवा दिन्छौँ ।”

नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिक सहित कृषि, स्वास्थ्य, शिक्षा,सामाजिक विकास लगायतका विषयगत शाखा कार्यालयको सेवा पनि एकै थलोबाट प्रवाह हुने जनाइएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि डम्वरराज ढकालले तोकिएको समयभन्दा अघिनै भवन निर्माण सकेर हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दशैँ लगत्तै काम तीव्र रुपमा अघि बढेकाले आगामी वर्षको मंसिरसम्म भवन सम्पन्न गर्ने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।

असारसम्म भवनको स्टक्चरको काम सक्ने र त्यसपछिको पाँच महिना डेकोरेशनन र फिनिसिङको योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

Comments
Loading...