आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृतावस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको र उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको प्रहरीले जनाँएको छ ।
घटनाको प्रारम्भिक अवस्था हेर्दा राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

Comments
Loading...