माछापुच्छ्रेको सिदिङका क्षेत्री १३ वर्षपछि ज्यान मुद्धामा पक्राउ

हिमाली आवाज । ज्यान मार्ने उद्योग अपराधमा अदालतबाट कैद सजाए तोकिएर हालसम्म फरार रहँदै आएका एक प्रतिवादीलाई कास्की प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

विसं २०६४ साउन ३० गते जिल्ला अदालतको फैसला अनुसार ज्यान मार्ने उद्योग अपराधमा सात वर्ष कैद तोकिएका कास्कीको माछापुच्छ«े गाउँपालिका–९ सिदिङका ४८ वर्षीय खिमबहादुर क्षेत्रीलाई आज ४ः३० बजेको समयमा आफ्नै घरबाट पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

Comments
Loading...