ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गर्नुभएको हो । सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेको बेला अध्यक्ष दाहालले आफू निकट नेताहरुसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको जानकारी दियो ।

‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए । अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहाल निकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ ।’

तर, ओली भने दुवै पद छाड्ने पक्षमा हुनुहुन्न । उहाँले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसक्नुभएको छ । नागरिक दैनिकबाट ।

Comments
Loading...