चर्चित मर्दी हिमाल जान नयाँ पदमार्ग निर्माण शुरु

हिमाली आवाज । कास्कीको हेमजा—अस्ताम—धम्पुस हुदै मर्दी हिमाल जाने पदमार्गको शिलान्यास गरिएको छ ।

शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त पदमार्गको शिलान्यास गर्नुभएको हो ।मर्दी हिमाल जानका लागि माछापुच्छ्रे गाउँपालिकाको धम्पुस तथा सिदिङ हुँदै जाने गरिएकामा वैकल्पिक पदमार्ग निर्माण शुरु गरिएको हो ।
शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको आकर्षण मध्येको पदमार्ग एक रहेको चर्चा गर्नुभयो ।

प्रकृति, साहसिक र हिमाल प्रेमीहरूलाई पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको बताउनुभयो ।विभिन्न कारणले मासिँदै गएका तथा धम्पुस हुदै मर्दिहिमालतर्फ जान सहज पदमार्ग नभएका कारणले यो पदमार्ग आन्तरिक र बाह्य पदयात्रीको लागि उपयुक्त हुने बताउनुभयो ।

प्राकृतिक मनोरमले यस पदमार्ग महत्वपूर्ण र आकर्षक रहेको चर्चा गर्दै मन्त्री लम्सालले ऐडभान्चर ट्रेलको लागि उक्त पदमार्ग उत्कृष्ट र सबैको रोजाईको बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

पदमार्ग निर्माणपछि यो क्षेत्र विषेश पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभयो । मन्त्री लम्सालले पदमार्ग निर्माणमा सिमेन्ट,बालुवा प्रयोग गरी पक्की बनाउने तर्फ भन्दा ढुंगाले बनेको नेचुरलखालको आकर्षक बनाउने तर्फध्यान दिन निर्माण उपझोक्ता समितिलाई आग्रह गर्नुभयो । मन्त्री लम्सालले उक्त पदमार्ग निर्माणको लागि प्रदेश सरकारले यथेष्ट बजेटको व्यवस्था मिलाउने विश्वास समेत दिलाउनुभयो ।प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गर्न नयाँ गन्तव्यको पहिचान गरी पदमार्ग निर्माणको काम धमाधम अगाडी बढाईरहेको उहाँको भनाई थियो ।

उक्त पदमार्ग निर्माणको लागि यस आर्थीक बर्षमा गण्डकी प्रदेश सरकारले १० लाख रकम विनियोजन गरेको छ । यस पदमार्ग बाट अग्ला—अग्ला हिमश्रृंखला,नदी,ताल, डाँडाकाडाँको मनोरम दृश्य नियाल्न सकिन्छ । उक्त पदमार्ग निर्माण सँगै मर्दी हिमाल लगाएतका क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोनै लाग्ने स्थानियवासीको आशा छ ।

गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बरालले हेमजा—अस्ताम—धम्पुस—मर्दिहिमाल पदमार्ग अत्यान्तै महत्वपूर्ण पदमार्ग रहेकाले यसको निर्माण कार्य सम्पन्न गर्न आफ्नो तर्फ बाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश निति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालले उक्त पदमार्गलार्ई देशकै नमुना पदमार्गको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोडदिनुभयो ।

शिलान्यास कार्यक्रममा माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्ण कुमारी दवाडी, पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सीना, अधिवक्ता रामचन्द्र त्रिपाठी, टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारी लगाएतले विगत देखी चर्चामा आएता पनि काम हुन नसकेको उक्त पदमार्गको निर्माण कार्यको थालनी गर्दा उत्साह थपिएको बताउनुभयो ।

Comments
Loading...