पोखराको गणेशटोलको चौतारामा एक महिला मृत फेला

हिमाली आवाज । पोखरामा आज विहान एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

विहान अन्दाजी ०८ः३० बजेको समयमा पोखरा महानगरपालिका–४ गणेश टोल स्थित चौतारामा ५० वर्षीया जानुका गुरुङको शव फेला परेको हो ।

तेह्रथुम घर भई सडकमा मागि खादै हिड्ने सडकमै बस्ने ती महिला चौतारोमा हिजो राति सुतेकामा बिहान हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...