फेन्सी तथा रेडिमेड व्यवसायी संघबाट ३२ युनिट रगत संकलन

हिमाली आवाज । फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ३२ युनिट रगत सकंलन भएको छ । कार्यक्रममा पहिलो रक्तदाता माधव प्रसाद सिग्देललाई फेन्सी तथा रेडिमेड व्यवसाय संघका अध्यक्ष प्रदिप कुमार मुल्मीले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

अध्यक्ष मुल्मीले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा फेन्सी तथा रेडिमेड ब्यवसाय संघका प्रथम उपाध्यक्ष राजु पौडेल, द्दितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक एकनारायण पनेरु, संघका संस्थापक अध्यक्ष कमलनाथ कुँवर पुर्व अध्यक्ष गिरीधारी अधिकारी संघका कानुनी सल्लाहकार जगनाथ ढकाल ंसंघका निर्वतमान अध्यक्ष केशव वहादुर खत्री रक्त सन्चार केन्द्रका महेन्द्र के।सी लगाएतले रगतको महत्व र फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम सन्चालन संघका महासचिव यादव पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विषेष सयोग गरेको थियो ।

Comments
Loading...