‘योगदान राष्ट्रका लागि’अभियानको कास्की समिति गठन

हिमाली आवाज । योगदान राष्ट्रका लागि अभियानले कास्कीमा जिल्ला समिति गठन गरेको छ ।

हिजो पोखरामा आयोजित एक कार्यक्रमबीच जिल्ला समिति गठन गरिएको हो ।समितिको अध्यक्षमा चित्रा त्रिपाठी ,उपाध्यक्ष सुजन बास्तोला, सचिव योग बहादुर क्षेत्री ( रबि),सहसचिव स्मृति बराल र कोषाध्यक्ष निरु सुबेदी हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा मीना गुरुङ ,सलिजा श्रेष्ठ ,आकृति पण्डित,जीवन आचार्य ,संकल्प कंडेल ,चिरञ्जीवी अधिकारी ,पासाङ गुरुङ,सुजन थापा मगर, कबिता भण्डारी, निरकमल अधिकारी ,आयुश पराजुली ,अस्मिता न्यौपाने ,समिक्षा पौडेल ,अन्जु पहारी,सौगात जङ कार्की,सन्दीप सुनार र धर्मराज आचार्य चयन हुनुहन्छ ।

कुनै पनि व्यक्ति दुर्घटनामा परिसके पछि प्राथमिक उपचारको कमीले मृत्युवरण गर्न नपरोस् र फाउन्डेशनका कुनै पनि सदस्यहरुले अस्पताल सम्म पु¥याउन सहयोग गर्ने समितिका सचिव योगबहादुर क्षेत्रीले बताउनुभयो ।

सामाजिक काम गर्ने अभियान बोकेर ‘योगदान रास्ट्रको लागि’ अभियानले देशका ७७ वाटै जिल्लामा जिल्ला समिति बनाउने भएको छ । स्वास्थ्य क्षेत्रमा सामान्य ज्ञानको अभावमा धेरै जना व्यक्तिहरु अकालमा ज्यान गुमाउने गरेका र नेपालीहरुको जीवन रक्षार्थ देशव्यापी रुपमा निःशुल्क प्राथमिक उपचार तालिम सञ्चालन गरिने बताइन्छ ।

Comments
Loading...