विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

हिमाली आवाज । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । नापी विभागमा आज आयोजित कार्यक्रममा पररााष्ट्मन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गर्नुभएको थियो ।

नेपाल र जनवादी गणतन्त्र चिनद्धारा आज संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा कार्र्यक्रम तय गरिएको थियो । यसअघि आठ हजार ८४८ मिटर रहेको सगरमाथाको उचाई अब आठ हजार ८४८.८६ मिटर पुुगेको छ ।

सगरमाथाको मापन गर्न नापी विभागका दुई अधिकृत खिमलाल गौतम र रविन कार्की विसं २०७६ जेठ ८ गते सगरमाथाको चुचुरोसम्मै पुग्नुभएको थियो ।

नेपाल सरकारले आफ्नै साधन स्रोतमा पहिलोपटक सगरमाथाको उचाई मापन गरेको हो ।

Comments
Loading...