पोखराका ६४ वर्षीय कोरोना संक्रमितको मृत्यु

हिमाली आवाज । पोखरा महानगरपालिकाका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत पुरुषको हिजो दिउँसो ४ बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृतक पुरुषमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलेदेखि नै निमोनिया र मधुमेह रोगको समस्या रहेको जनाइएको छ ।

Comments
Loading...