युआरएल सातौ वर्षमा,प्रदीपलाई पत्रकारिता पुरस्कार

हिमाली आवाज । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित हुनुभएको छ ।  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

गण्डकी मेडिकल कलेज(जिएमसी)का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गर्नुभयो । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध हुनुहुन्छ ।

जिएमसीका प्रिन्सिपल श्रेष्ठले बिरामी खर्चकै अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवारी बन्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा भरिने र अझ जिम्मेवार हुन प्रोत्साहन गर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्र हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको उल्लेख गर्नुभएको थियो ।  प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य हुनुहुन्थ्यो ।

रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पाँैडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको उल्लेख गर्नुभयो। पुरस्कृत  पत्रकार  पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको अनुभुति राख्नुभयो  ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एक सय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रवाह गरेको बताउँदै भन्नुभयो, ‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामी गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन प्रतिवद्ध छौं ।’

प्रबन्ध निर्देशक पन्तले चाडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको वेशीसहरमा शाखा विस्तार गर्न लागेको जानकारी दिँदै गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तर सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चारकर्मी सन्तोष बस्यालले सञ्चालन गर्नुभएको थियो ।

 

Comments
Loading...