मिर्गौला पीडित खनाललाई बचाउन परिवारको अपिल

हिमाली आवाज । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका –१०, मदीखोला निवासी मिर्गौला पीडित युद्धप्रसाद खनाल (गोविन्द)ले आर्थिक सहयोगको याचना गर्नुभएको छ ।

सवारी चालकको पेशा गर्दै आउनुभएका खनालको दुबै मृगौलामा समस्या आई विभिन्न अस्पतालहरुमा उपचार गर्दा लाखौं खर्च भइसकेको भन्दै परिवारले उहाँलाई बचाउन आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् । ४७ वर्षीय खनालका श्रीमती, १ छोरा र १ छोरी छन् ।

चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेकोमा हाल भरतपुर अस्पतालमा भर्ना हुनुभएका खनाललाई डाक्टरहरुले मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिनुभएको छ । मिगौला प्रत्यारोपण गर्दा २५÷३० लाख खर्च लाग्ने तर आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले जिवन रक्षाको लागि सहयोगको लागि अपिल परिवारले गरेका हुन् ।

बिरामीलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले नवलपरासीको दलदलेमा रहेको ग्लोबल आइएमइ बैंकको दलदले शाखाको खाता नं. एम १०७०१०००७११९ मा सिधै रकम जम्मा गर्न सक्नु हुनेछ भने विरामी स्वयम्लाई सहयोग गर्नको लागि सम्पर्क नं ९८५६०३१२६३ र कृष्ण खनालको मोवाईल नं. ९८२७१४६६४७ मा फोन गर्न सकिने बिरामीका श्रीमति सीताले जानकारी दिनुभयो ।

Comments
Loading...