पोखरा उद्योग वाणिज्य संघमा व्यवसायी भरत केसीले उम्मेदवारी दिने

हिमाली आवाज । पोखराका युवा व्यवसायी भरत केसीले आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा कार्य समिति सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ ।

हिमाली आवाज डटकमसँग कुरा गर्दै उहाँले आफूले आउँदो महाधिवेशनमा उम्मेदवारी दिने बताउनुभएको हो ।

उद्योग, व्यवसायीहरुको हकहितको पक्षमा आफूले काम गर्ने बताउँदै केसीले उपभोक्ताहरुले झेल्न परेका ट्राफिक जाम लगायतका समस्या समाधान गर्न आफूले संघमा पुगेर पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिजी इलेक्ट्रोनिक्सका सञ्चालक केसी विभिन्न व्यापार व्यवसायमा आबद्ध हुनहुन्छ । संघको ३३औं महाधिवेशन आगामी पुस २४ र २५ गते पोखरामा हुँदैछ ।

Comments
Loading...