मनकामना मन्दिर र केबुलकार आइतबारदेखि खुल्ने

काठमाडौं । गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।

गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ ।

कोभिड–१९ का कारण गत चैतदेखि नै बन्द हुन पुगेको मन्दिर र सो मन्दिरसम्म पुग्ने केबलकार आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गरिने मन्दिर व्यवस्थापन समितिका कार्यकारी निर्देशक (सिईओ) लेवेन्द्र गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...