कोरोनाबाट पूर्वसांसद एवं नेकपा केन्द्रीय सदस्य लामाको निधन

काठमाडौं। कोरोना संक्रमणबाट पूर्वसांसद कमानसिंह लामाको निधन भएको छ।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका लामाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा  आज (बिहीबार) बिहान दुई बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

काभ्रेका कम्युनिष्ट नेता लामा विं.सं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बन्नुभएको थियो भने विसं २०६४ सालमा संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भइसक्नुभएको थियो ।

Comments
Loading...