गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह, हनिमुनको तयारी यस्तो छ

हिमाली आवाज । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङकाबीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुबै जनाबीच पोखरामा बौद्ध परम्परा अनुसार विवाह कार्यक्रम आयोजना गरियो ।

नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका आार्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले बधाई तथा वैवाहिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष गुरुङले आफूहरुबीच डेढ दशकअघिदेखी चिनजान रहेको र अहिले पारिवारिक सहमतिमा विवाह बन्धनमा बाँधिएको बताउनुभयो । पार्टीका नेता तथा साथीभाईको सल्लाह अनुसारनै विवाह गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामी दुबै जना सामाजिक तथा राजनीतिक क्षेत्रमा डेढ दशकअघिदेखी सँगसँगै थियौँ, अहिले दुबै जनाको मञ्जुरी र पारिवारिक सहमतिमा विवाह गर्ने निधो ग¥यौँ ।”

दुबै जना साविक नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियो । गाउँपालिकामा निर्वाचित हुनुअघि अध्यक्ष गुरुङ राजनीतिसँगै पर्यटन क्षेत्रमा आवद्ध हुनुहुन्थ्यो भने उपाध्यक्ष गुरुङ गैरसरकारी क्षेत्रमा कार्यरत रहनुभएको थियो ।

विवाहपछि हनिमुन कहाँ ?
बहालवाला जनप्रतिनिधिकाबीचमा भएको विवाहलाई सबैले चासो दिएका छन् । विरलै मध्येमा पर्ने यसप्रकारको विवाहले वैवाहिक कार्यक्रममा सहभागी तथा अन्यलाई समेत रौनकता थपेको थियो ।

विवाहपछि हनिमुनका बारेमा अध्यक्ष गुरुङले खासै तयारी नगरेको बताउनुभयो ।  विवाहपछि तनाव, धपेडी सबैलाई भुलेर उन्मुक्त रमाइलो गर्नका लागि हनिमुनको योजना बनाउने गरिन्छ ।

अध्यक्ष गुरुङले भन्नुभयो,“हामी त जनताका प्रतिनिधि विवाहपछि पनि हाम्रो हनिमुन  भनेको त्यही गाउँपालिका कार्यालय जाने र जनताको काम गर्ने जनताको सेवानै हो ।”

Comments
Loading...