‘सबै नेपालीलाई कोरोना खोप’

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नागरिक जोगाउन स्वास्थ्य सेवा पु¥याउने र नागरिक जीविकाको आधार रोजगारी तथा उद्यम व्यवसाय पुनस्र्थापनामा सरकार दत्तचित्त भएर लागेको उहाँले बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार सङ्घको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले सबै नागरिकलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोपको व्यवस्था गरिने जानकारी दिनुभयो ।

१४ वर्ष नाघेका सबै नागरिकलाई प्राथमिकताका आधारमा खोप पु¥याउने गरी सरकारले ध्यान केन्द्रित गरेको छ”, उहाँले भन्नुभयो,“गुणस्तरीय, सहज र सस्तो खोप खरिद, पर्याप्त स्रोत व्यवस्थापन गर्न सबै संयन्त्र परिचालन गर्नेछौंँ ।”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Comments
Loading...