नेपालमा पहिलो चरणमा स्वास्थ्यकर्मी र ५५ वर्षमाथिका बृद्धबृद्धालाई कोरोना खोप

काठमाडौँ । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ ।

कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्इामराज उप्रेतीले बताउनुभयो । ‘पहिला सरकारले आफ्नो जिम्मा पूरा गर्नुपर्यो,’ उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मी, ५५ वर्ष माथिका वृद्धवृद्धा दीर्घरोगी लगायत सामाजिक दुरी कायम गरी कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने सरकारी नीति रहेको डा. उप्रेतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रलाई खोप वितरण गर्न दिँदा यो वर्गबाहेक अन्यले पहिला खोप पाउन सक्छन्।’आजको नागरिक दैनिकमा समाचार छ ।

Comments
Loading...